
जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन कार्यालयलगायत विभिन्न प्रतिस्पर्धी पार्टी आ–आफ्नोे तयारीमा लागेका छन् ।
७ गाउँपालिका, दुई नगरपालिका र ६५ वटा वडा रहेको डोटीमा १ लाख १ हजार २१ मतदाता छन् । जसका लागि १ सय १५ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तोकिएको छ ।
उत्साहपूर्वक निर्वाचन गराउनका लागि आवश्यक तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेल बताउँछन् ।
निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई सम्बन्धित स्थान तोकेर खटाई सकेको छ ।
राष्ट्रिय सुरक्षा योजना अनुसार जिल्ला सुरक्षा योजना तयार गरी सुरक्षा कार्यान्वयन योजना अनुरुप सुरक्षाको वयवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालयका प्रशाासकीय अधिकृत केशव लामिछाने बताउँछन् ।
जिल्ला निर्वाचन कार्यालय डोटीले पनि दुर्गम क्षेत्रमा मतदान सामग्री, मतदान अधिकृत लगायतका कर्मचारी सुरक्षासहित पठाईसकेको जनाएको छ । नजिकका मतदान केन्द्रमा १० गतेसम्म पठाईसक्ने जिल्ला निर्वाचन अधिकारी नन्दीराज ओझा बताउँछन् ।
निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय डोटीले वोगटान गाउँपालिका र बडीकेदार गाउँपालिकाका १० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील घोषणा गरेको छ भने २० वटा मतदान केन्द्रलाई भौगोलिक विकटता, सुरक्षा निकायको पहंँच, अपराधिक गतिविधिका आधारमा संवेदनशील क्षेत्र घोषणा गरेको छ ।
९ वटा स्थानीय तह रहेको डोटीमा ३ सय ६३ जना जनप्रतिनिधि छनोट हुनेछन् । जसका लागि ११ सय ३९ जनाले उम्मेदवारी दिएका छन् ।
डोटीमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपा, संघीय समाजबादी फोरम, नेपाल दलित पार्टी लगायतका ७ पार्टीले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्