कामको जिम्मा लिएको ठेकेदारलाई नाला भत्काउन दिएको निर्देशन अटेर गरेको भन्दै प्राविधिक र जनप्रतिनिधिले आफैं गएर नाला भत्काएका हुन् । गुणस्तरहीन बालुवा र कम सिमेन्ट प्रयोग गरिएको आरोप उनीहरुले लगाएका छन् ।
व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले गुणस्तरहीन काम गरेर बजेट दुरुपयोग गर्न नदिइने बताए । इन्जिनियर पुजन न्यौपानेले निर्माणको जिम्मा लिएको एल एम कन्सट्रक्सनललाई नियमानुसार काम गर्न भनिएकोमा नगरेपछि भत्काइएको उनको भनाइ थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललेसमेत भत्काइएको नालाको अवलोकन गरेका थिए । पौडेलले उक्त मार्ग निर्माणका लागि वर्षेनी बजेट विनियोजन गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्