
चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ ।
१४ ओडा रहेको षडानन्द नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने ६ वडा रहेको पौवादुङ्मा गाउँपालिकामा १०० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
१२ ओटा वडा रहेको भोजपुर नगरपालिकामा २०५ जना, ६ ओटा वडा रहेको साल्पासिलिछो गाउँपालिकमा ११३ र अरुण गाउँपालिकामा १२८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, १० ओडा रहेको आमचोक गाउँपालिकामा १४९, ट्याम्केमैयुङ गाउँपालिकामा १३८ र हतुवागढीमा १३३ तथा रामप्रसाद राई गाउँपालिकामा १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्