
माओवादी केन्द्रको मेयरका उम्मेदवार अइन्द्रविक्रम बेघाले धरानका २० ओटै वडामा रहेका सुकुम्वासीलाई आफ्नै उपस्थितिमा नक्कली लालपुर्जा वितरण गरिरहेको पाइएको हो ।
शुक्रबारमात्रै धरानको वडा नम्बर–५ स्थित सुकुम्वासी बस्तीमा माओवादी उम्मेदवार बेघाले नक्कली लालपुँर्जा वितरण गर्दैगर्दा प्रहरी पुगेपछि माओवादीहरु लाखापाखा लागेका थिए ।
‘माओवादीलाई भोट हालेको प्रमाण लिएर आएपछि जग्गा पाइने’ भन्दै माओवादी पार्टीको छाप लागेको कागज वितरण गरेको जनाइएको छ ।
माओवादी उम्मेदवारले भोट तान्न नक्कली काम गरेको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायतका दलहरुले आपत्ति प्रकट गरेका छन् ।
सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले माओवादी उम्मेदवारबाट सुकुम्वासीलाई लालपुर्जा वितरण गर्नु गैरकानुनीमात्रै नभएर आचारसंहिताविपरीतको कामसमेत भएको बताए ।
प्रतिक्रिया दिनुहोस्