
आयोगले सबै निर्वाचन केन्द्रका लागि अधिकृत खटिइसकेको र आज बेलुकासम्म सबै केन्द्रमा पुगिसक्ने जनाएको छ ।
निर्वाचन अधिकृतहरुले चुनावका लागि चाहिने आवश्यक कर्मचारी र सामग्रीसमेत लिएर गएका छन् ।
आयोगले दोस्रो चरणमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएको जानकारी दिएको छ । १४ गते हुने चुनावबाट १५ हजार ३८ जना प्रतिनिधि चुनिनेछन् ।
दोस्रो चरणमा १ महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउँपालिका गरी ३ सय ३४ वटा स्थानीय तहमा चुनाव हुँदैछ ।
यसपटकको चुनावमा ६४ लाख ३२ हजार ७ सय ६५ जनाले मताधिकार प्रयोग गर्ने छन् ।
चुनावका लागि चार हजार ५ सय ८१ मतदानस्थल, ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्