८ असार २०८२, आइतबार | Sun Jun 22 2025


ताप्लेजुङ र पाँचथरका केन्द्रमा धमाधम मतपेटिका पठाउन सुरु


0
Shares

एक नगरपालिका र आठ गाउँपालिकाका ७३ मतदान स्थलका १ सय ५ मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु गरिएको हो ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा शुक्रबारदेखि मतपेटिका पठाउन सुरु गरिएको ताप्लेजुङका जिल्ला निर्वाचन अधिकारी गणेश अधिकारीले जानकारी दिए ।

चुनावका लागि विभिन्न गाउँपालिकामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीका साथमा ६ सय १९ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेत बताए ।

यता, जिल्ला निर्वाचन कार्यालय पाँचथरले मतदान अधिकृतहरुलाई मतपेटीकासहितका सामग्री दिएर धमाधम मतदान स्थल र मतदान केन्द्र तर्फ पठाउन थालेको छ ।

अहिलेसम्म ६० वटा मतदान केन्द्रको सामग्री दिएर पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।

कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेन्द्र श्रेष्ठका अनुसार मतपेटीका, अनुसूची फाराम, मुचुल्का फाराम तथा मतदानका लागि प्रयोग हुने जम्मा ९४ किसिमका सामग्री मतदान अधिकृतलाई हस्तान्तरण गरिएको हो ।

आजसम्म जिल्लाका आठ वटै स्थानीय तहका मतदान केन्द्र र स्थलमा सामग्री पठाई सकिने जिल्ला निर्वाचन कार्याललयले जनाएको छ ।

एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरमा १ सय मतदानस्थल र १५६ मतदान केन्द्र छन् ।