८ असार २०८२, आइतबार | Sun Jun 22 2025


तेह्रथुममा चुनावी माहोल उत्कर्षमा, मुख्य तीन दलबीच मुख्य प्रतिस्पर्धा


0
Shares

म्याङलुङ र लालीगुराँस नगरपालिकासहित आठराई, फेदाप, मेन्छ्यायेम र छथर गाउँपालिकामा विभिन्न दलहरुले दैनिकजसो चुनावीसभा, घरदैलो र प्रचार–प्रसारका कार्यक्रमहरु गरिरहेका छन् ।

उम्मेदवारहरुले भने मतदातालाई रिझाउन विकास–निर्माणका विभिन्न काम गर्ने प्रतिबद्धता जनाउँदै मत मागिरेहका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा स्थानीय तह निर्वाचनका लागि १४ ओटा दल दर्ता भएका थिए । त्यसमध्ये जिल्लामा २२६ पदका लागि विभिन्न दलहरुबाट ७७२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

तर, जिल्लाका धेरैजसो ठाउँहरुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाबीचमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

जिल्लावासी मतदाताहरुले भने स्थानीय तह निर्वाचन भएकाले ‘हाम्रोभन्दा पनि राम्रो मान्छे’ छानेर मतदान गर्ने बताउँदै आएका छन् ।

कुल ६० हजार ७ सय २१ जना मतदाता रहेको जिल्लामा ५७ मतदानस्थलमा ८५ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ ।