Logo ८ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026


डडेल्धुरामा यी हुन् प्रमुख पदका महिला उम्मेदवार (भिडियो)


0
Shares

अमरगढी र पर्शुराम गरी दुईओटा नगरपालिका, अजयमेरु, भागेश्वर, आलिताल, गन्यापधुरा र नवदुर्गा गरी पाँच गाउँपालिका रहेको डडेल्धुरामा मुख्य प्रतिस्पर्धी राजनीतिक दलहरुले महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएका छन् भने नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपालले महिलालाई नगरप्रमुखकोरुपमा अगाडि सारेका छन् ।

नेपाली कांग्रेसले जिल्लाको भागेश्वर गाउँपालिकामा गाउँपालिकाको प्रमुखमा कौशिला भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीले अमरगढी नगरपालिकामा अनिता थापालाई र पर्शुराम नगरपालिकामा चन्द्रादेवी भट्टलाई तथा माओवादी केन्द्रले शोभा भट्ट र नयाँ शक्ति नेपालले दलित समुदायबाट अश्मी सिनाललाई नगरप्रमुखको उम्मेदवार बनाएर प्रचार–प्रसारमा जुटेका छन् ।

प्रमुख वा उपप्रमुखमा एकजना महिला अनिवार्य व्यवस्था भएपछि पाँच स्थानीय तहमा महिला उपप्रमुख तथा दुई स्थानीय तहमा प्रमुखको उम्मेदवारी परेको छ ।

जिल्लाको जम्मा २७४ जनप्रतिनिधिमध्ये १११ जना समावेशी महिला निर्वाचित हुन आरक्षण र खुला गरी ३८९ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

Skip This