विशेष गरेर असार १५ लाई धान दिवस भनेर १४ वर्ष अगाडिदेखि मनाउँदै आएको छ । तर यस वर्ष असार १४ मा स्थानीय तहको निर्वाचन परेका कारण विशेष दिन छनोट गरेर १५ असार अगावै धान दिवस मनाइएको जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताए ।
‘दुई बाली धान खेतीको विस्तार, आर्थिक सम्मृद्धिको आधार’ भन्ने नारासहित रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मास्थित खेतमा असारे गीत गाएर हिलोको होली खेल्दै रोपाई गरिएको हो ।
सवल परियोजना, प्रयास÷हेल्भेटास र जनजागरण मूल कृषक समुहको सहयोगमा कृषि बिकास कार्यालयले दिवसको आयोजना गरेको हो ।









प्रतिक्रिया दिनुहोस्