८ असार २०८२, आइतबार | Mon Jun 23 2025


भोट हाल्न काठमाडौंबाट गाउँ फर्कंदै सर्वसाधारण, यस्तो छ उत्साह (भिडियोसहित)


0
Shares

अगामी बुधाबार प्रदेश नम्बर–१, ५ र ७ मा हुने मतदानमा सहभागी हुन राजधानीबाट ठूलो संख्यामा मतदाताहरु बाहिरिएका छन् ।

विभिन्न पेसा व्यवसाय तथा रोजगारीका लागि राजधानीमा बस्दै आएकाहरु निकै उत्साहका साथ आ–आफ्नो गाउँ फर्किएका हुन् ।

लामो समयको अन्तरालपछि आएको स्थानीय निर्वाचनमा मत हाल्ने मौका चुकाउन नहुने उनीहरुको धारणा छ ।

मतदान गर्नु अधिकारमात्रै होइन, ‘घर–आँगनको सरकार’ भनेर चिनिने स्थानीय सरकारमा योग्य व्यक्ति ल्याउने अवसर पनि हो ।

त्यसैले वर्षायामको झन्झटिलो यात्रा पार गर्दै मत हाल्न फर्कने आँट मतदाताहरुले जुटाएका हुन् । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।