भेटवार्ताका अवसरमा महासंघका तर्फबाट अध्यक्ष राणाले मुलुकभित्र उद्योग व्यवसाय एवं लगानीको वातावरण बनाउन अर्थमन्त्रीसमक्ष अनुरोध गरिन् ।
अध्यक्ष राणाले मुलुकभित्र स्वदेशी एवं विदेशी लगानी आकर्षित हुने वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण गराउँदै विशेषगरी छिमेकी देशहरूबाट लगानी आकर्षणमा राज्यको ध्यान जानुपर्ने र सोका लागि नीतिगत स्थिरता, व्यवसायिक सुरक्षा, लगानीमैत्री वातावरण निर्माणजस्ता कुरा सरकारको मुख्य प्राथमिकता हुनुपर्नेमा जोड दिएकी थिइन् ।
अर्थमन्त्री कार्कीले उद्यमी–व्यवसायीलाई प्रोत्साहन गर्न आफूले भरमग्दूर प्रयत्न गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकासमा आफ्नो मुख्य जोड रहने स्पस्ट पारे ।
महासंघले उठाएका समस्याहरूलाई आफू र आफ्नो मन्त्रालयले अध्ययन गरी व्यावहारिक सुझावलाई कार्यान्वयन गर्ने दृढता प्रकट गर्दै अर्थमन्त्री कार्कीले त्यसमा आफूलाई सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्