
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतपत्र सुरक्षित राख्न विशेष सावधानी अपनाएको छ ।
ताप्लेजुङका सबै मतदान केन्द्रमा मतपत्रलाई पानीबाट जोगाउन प्लास्टिक र पालको व्यवस्था गरिएको छ ।
मतदान गर्ने स्थानमा पाल टाँग्ने व्यवस्था मिलाइएको छ भने मतदानपछि मतपत्रसहितको ब्यालेटलाई प्याक गर्न पनि प्लास्टिकको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।
१०५ ओटा मतदानस्थल रहेको ताप्लेजुङका सबै मतदान केन्द्रमा मतपत्रलाई पानीबाट सुरक्षित गर्न विशेष व्यवस्था गरिएको मतदान अधिकृतहरु बताउँछन् ।
हिमाली जिल्ला भएका कारण मतपत्र भएको मतपेटिका मतगणना केन्द्रसम्म ल्याउन सवारी–साधनको पहुँच सबै स्थानमा नहुँदा प्लास्टिकले प्याक गरी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।
लामो समयसम्म मतपेटिका बोकेर हिँड्नुपर्ने र पानीले नस्ट गर्नसक्ने सम्भावनालाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालयले सबै स्थानमा प्लास्टिकले प्याक गर्ने व्यवस्था गरेको हो ।
एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङका अधिकांश गाउँपालिकाको मतदान केन्द्रबाट मतगणनास्थल कम्तीमा पनि पाँच घन्टाको दूरीमा पर्दछन् ।
दुर्गम स्थानका मतपत्र ढुवानीका लागि हेलिकोप्टरकोसमेत व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत बस्नेतले बताए । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्