उतार–चढावबीच बजार परिसूचक नेप्से साढे २ अंकले ऋणात्मक रहेर १५ सय ६५ कायम भएर थामियो । कारोबार भएकामध्ये आधाभन्दा बढी समूह ऋणात्मक रहेसँगै नेप्से पनि ऋणात्मक रहन पुगेको हो ।
यसदिन जलविद्युत्, वित्त, उत्पादनमूलक, वाणिज्य बैंक र होटल समूह सामान्य अंकले ओरालो लागे । बिमा, विकास बैंक र अन्य समूह भने धनात्मक रहे ।
यसदिन नेपाल स्टक एक्चसेन्जमा १ सय ५१ कम्पनीको १० लाख २८ हजार कित्ता सेयर ६२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्