Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सरकारी जागिर छोडेर तीन युवा पोल्ट्री व्यवसायमा


0
Shares

मन्थली नगरपालिका–१ का रुद्रकुमार श्रेष्ठ, भरत श्रेष्ठ र विश्वास श्रेष्ठ जागिर छोडेर पोल्टी व्यवसायमा लागेका हुन् ।

तीनजनाको संयुक्त लगानीमा ‘डेलिसिएस ह्याचरी’ स्थापना गरी उनीहरु व्यवसायमा लागेका हुन् ।

व्यवसायमा लागेपछि थुप्रै कठिनाइहरु आइपरे पनि आफूहरु सन्तुष्ट रहेको उनीहरुको भनाइ ।

दुई हजार ‘प्यारेन्ट’बाट सुरु गरेकोमा अहिले १० हजार प्यारेन्ट रहेको रुद्रकुमार श्रेष्ठले बताए ।

तीनजनाले २० लाखका दरले ६० लाख रुपैयाँ जम्मा गरेर सुरु गरेको पोल्ट्री व्यवसायमा अहिलेसम्म ५ करोडको लगानी भइसकेको छ ।

सुरुमा युवाहरुको विश्वस हुँदैन भनेर बैंकहरुले ऋणसमेत नपत्याएको उनीहरुले दुःखेसो गरे । पोल्ट्री व्यवसायबाट अहिले १८ जनालाई रोजगारी दिएको पनि उनीहरुको भनाइ छ ।

डेलिसिएस ह्चारीले अहिले दैनिक ३ हजार अन्डा र हप्तामा १२ हजार चल्ला उत्पादन गर्दै आएको छ ।

अहिलेको उत्पादनले बजारको माग धान्न नसकेपछि अझै विस्तारकोक्रममा रहेको जनाइएको छ ।

२० हजारसम्म अन्डा दिने कुखुरा पुर्‍याउने र दैनिक चल्ला उत्पादन गरी हप्तामा २५ देखि ३० हजारसम्म चल्ला उत्पादन गर्ने योजना उनीहरुको रहेको छ ।

सीप प्राविधिक लाइनको भएको र पेसा अर्कै हुँदा काममा केही कठिनाइ भएपनि आफू सन्तुष्ट रहेको भरत श्रेष्ठले बताए ।

‘एकपटक विदेश जाऊँ कि भन्ने लागेको थियो तर युवाहरुले आफ्नै देशमा व्यवसायबाट केही गर्नुपर्छ भन्ने उद्देश्यले व्यवसायमा आएको’ उनको भनाइ छ ।

नेपाली सेनामा जागिरे रहेका रुद्रकुमार श्रेष्ठ १० वर्ष सेनामा जागिर खाएर उपदानमा जागिर छोडेर पोल्ट्री व्यवसायमा लागेका हुन् ।

त्यस्तै, भरत श्रेष्ठ जिल्ला विकास समितिको प्राविधिकमा ५ वर्षदेखि गर्दै आएको जागिर छोडेर पोल्ट्री व्यवसायमा लागेका हुन् भने विश्वास श्रेष्ठ माध्यमिक तहको विज्ञान विषयको शिक्षक हुन् ।