Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेले


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना र भ्यालेन्सियाले २–२ गोलको बराबरी खेलेका छन् ।

घरेलु मैदान नुओ क्याम्पमा भएको खेलको ३२ मिनेटभित्र बार्सिलोना २–० ले पछि पर्‍यो ।

भ्यालेन्सियाका लागि केभिन गामेइरो र ड्यानिएल पारेयाले सुरुवाती दुई गोल गरे ।

यसपछि बार्सिलोनाका लियोनल मेस्सीले दुई गोल गर्दै खेल बराबरी गरेका हुन् । गएरातिको बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५० अंक भएको छ ।

दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २१ खेलबाट ४४ अंक छ । उसले आजराति रियाल बेटिससँग खेल्नेछ ।

गएराति भएका अन्य खेलमा रियाल सोसिडाडले एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदा सेल्टा भिगोले सेभियालाई १–० ले हरायो ।

यस्तै लेभान्ते र गेटाफेले गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।