९ असार २०८२, सोमबार | Mon Jun 23 2025


मतदानका लागि लाइन बस्दा–बस्दै अत्यधिक गर्मीका कारण सातजना बेहोस


0
Shares

यसैगरी, टीकापुर नगरपालिका—५ की ९७ वर्षीया रंगा भण्डारीले मनिकापुर मतदान केन्द्रबाट मतदान गरिन् ।

जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहका साथ शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए ।

मध्याह्न केही समय पानी परेपछि प्राप्त शीतलताबाट मतदाताले राहत महसुस गरेका छन् ।

मध्याह्नसम्म ५० देखि ५५ प्रतिशतसम्म मतदान भएको सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतले बताएका छन् ।

लम्की–चुहा नगरपालिकाको कालिका मतदान केन्द्रमा मतदानका लागि लामबद्ध भएको अवस्थामा अत्यधिक गर्मीका कारण सातजना बेहोस भएकामा उपचारपछि उनीहरुले आफ्नो मताधिकार प्रयोग गरेको स्थानीय पत्रकार नवराज रावलले जानकारी दिए । रासस