९ असार २०८२, सोमबार | Mon Jun 23 2025


मतपेटिकामा तेजाब हालेपछि स्थगित मतदान पुनः सुरु


0
Shares

सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सन्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान सुरु भएको मतदान अधिकृत भरतमणि पाखे्रेलले जानकारी दिए ।

१५० मत खसिसकेपछि एक अपरिचित व्यक्तिले लुकाएर लगेको तेजाब मतपेटिकामा खन्याएपछि मतपेटिकामा रहेका १५ मत जलेको बताइएको छ ।

सर्वदलीय बैठकपछि मतदान नगरेकाहरुलाईमात्र मतदान प्रक्रियामा समावेश गराइएको छ ।

यसैबीच, घटनास्थलतर्फ जान भनी सदरमुकामबाट हिँडेको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीको टोली बाटामा गएको पहिरोका कारण सदरमुकामतर्फ फिर्ता भएको छ ।

यसैगरी, थवाङमासमेत शान्तिपूर्ण ढंगले मतदान भइरहेको बताइएको छ ।

नेकपाका कार्यकर्ताले नेपाली कांग्रेससँग सहकार्य गरी स्वतन्त्र उम्मेदवारी दिएपछि थवाङीहरु निर्वाचनमा सहभागी भएसँगै त्यहाँको सुरक्षा अवस्था सहज भएको छ ।

जिल्लामा हालसम्म करिब ५५ प्रतिशत मत खसिसकेको बताइएको छ । रासस