९ असार २०८२, सोमबार | Mon Jun 23 2025


अछाममा झडपपछि रोकिएको मतदान पुनः सुरु


0
Shares

नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि मतदान प्रक्रिया रोकिएको थियो ।

यस्तै, अछामकै चौरपार्टी गाउँपालिका वडा नम्बर–४ मा रहेको वैद्यनाथ उच्च मावि मतदान केन्द्रमा पनि सवा ५ बजेपछि फेरि मतदान सुरु भएको छ ।

नेपाली कांग्रसले अर्काको नामबाट १८ मत र एमालेले अर्काको नामबाट ८ मत हालेको भन्दै विवाद भएपछि झडप हुँदा मतदान स्थगित गरिएको थियो ।

विवादपछि दिउँसो सवा १२ बजे स्थगित गरिएको मतदान प्रक्रिया साँझ पुनः सुरु गरिएको हो ।