
मतदान केन्द्रमा मतदान गरी फर्कंदै गर्दा बाटोमा एक्कासि बेहोस भएर लडेका चेतनाथ आचार्यलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
उनको अस्पतालमै मृत्यु भएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिएका छन् ।
रोङ गाउँपालिका–३ निवासी आचार्य दिउँसो १२ बजे मतदान गरी घर फर्किरहेकाबेला बेहोस भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्