Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सरकारले भ्याट तिर्न भनेपछि सेयर ब्रोकरहरु आक्रोशित, बिहीबार कारोबार ठप्प


0
Shares

सरकारले ब्रोकर कमिसनमा भ्याट तिर्न निर्देशन दिएसँगै स्टक ब्रोकर्स एसोसिएसन नेपालले कारोबार ठप्प पारेको हो ।

सरकारले ब्रोकर कमिसनमा पनि मूल्य अभिवृद्धि कर लाग्ने भन्दै तिर्न आउन निर्देशन दिएपछि ब्रोकरहरु कारोबार ठप्प पारेर नेपाल धितोपत्र बोर्ड गुहार्न पुगेका छन् ।

आन्तरिक राजश्व विभागले दुईओटा ब्रोकर कम्पनीलाई भ्याट तिर्न पत्राचार गरेसँगै ब्रोकरहरु आन्दोलित भएका हुन् ।

सरकारले २०६९/७० देखिकै भ्याट तिर्न आउन ब्रोकर कम्पनीलाई पत्राचार गरेको हो ।

आफूहरुले लगानीकर्तासँग नउठाएको कर सरकारले तिराउन खोजेकाले आफूहरु अन्योलमा परेको दलाल व्यवसायको गुनासो छ ।

बजेटमा नीतिगत व्यवस्था नहुँदै कर कार्यालयले भ्याट तिर्न कडा निर्देशन दिएपछि ब्रोकरहरु समस्या समाधानका लागि किनबेच बन्द गरी नियामक निकाय बोर्ड गुहार्न पुगेका हुन् ।

बोर्डले यसबारेमा अर्थ मन्त्रालयसँग छलफल गरी निश्कर्षमा पुग्ने आश्वासन दिएको व्यवसायीले बताएका छन् ।

दलाल व्यवसायीहरुले आफूहरु भ्याटमा दर्ता भएर कर तिर्न तयार रहेको तर यसबारे पहिला ठोस नीतिगत व्यवस्था हुनुपर्ने बताएका छन् ।

लगानीकर्तासँग कुन निकायले कर उठाउने हो सोको स्पस्ट व्यवस्था हुनुपर्ने उनीहरुको भनाइ छ ।