Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


खोटाङको हलेसी–तुवाचुङ नगरपालिकामा कांग्रेस विजयी


0
Shares

नेकपा एमालेका प्रमुखका उम्मेदवार खडेन्द्र राईलाई ४०० मतले पछि पार्दै कांग्रेसका इवन राई प्रमुखमा विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार इवन राईले ४ हजार ३९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका खडेन्द्र राईले ३ हजार ९९७ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा एमालेकै मनीषा राईलाई ५७४ मतले पछि पार्दै कांग्रेसकै विमला राई विजयी भइन् ।

विमलाले ४ हजार ४९६ मत प्राप्त गरेकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी मनीषा राईले ३ हजार ९२२ मत प्राप्त गरिन् ।

यस्तै, हलेसी–तुवाचुङ नगरपालिका–१ मा कांग्रेसका रुद्रकुमार राई, हलेसी–तुवाचुङ नगरपालिका–२ मा एमालेका हरिकुमार खड्का, हलेसी–तुवाचुङ–३ मा कांग्रेसका भलाराज राई, हलेसी–तुवाचुङ–४ मा कांग्रेसका किशोरकुमार बस्नेत, हलेसी–तुवाचुङ–५ मा एमालेका रमेश तिवारी खत्री, हलेसी–तुवाचुङ–६ मा कांग्रेसका रमेशकुमार राउत वडाध्यक्षमा विजयी भएका छन् ।

यस्तै, हलेसी–तुवाचुङ–७ मा माओवादी केन्द्रका चइन्द्र राई, हलेसी–तुवाचुङ–८ मा कांग्रेसका पृथीवीराज राई, हलेसी–तुवाचुङ–९ मा कांग्रेसका काशीराज राई, हलेसी–तुवाचुङ–१० मा कांग्रेसका ज्ञानबहादुर पुरी र हलेसी–तुवाचुङ–११ मा कांग्रेसका सन्तोष खत्री वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।