ब्रोकर कमिसनमा भ्याट तिर्न सरकारले पत्राचार गरेसँगै बिहीबार दलाल व्यवसायीले कारोबार नै भन्द गरेका थिए ।
शुक्रबार अबेर सरकारसँगको वार्ता सकारात्मक रहेसँगै दलाल व्यवसायीहरुले आइतबार कारोबार सुचारु गरेका हुन् । तर, कमिसनमा भ्याट लाग्ने हल्लाले लगानीकर्ता अत्तालिएको देखियो ।
यसदिन बजार परिसूचक नेप्से २२ अंक बराबरले ओरालो लागेर १५ सय ४१ मा आएर थामियो ।
अन्य र होटलबाहेक अरु सबै समूह ओरालो लागे । बिमा समूह सबैभन्दा उच्च १ सय २९ अंकले ओरालो लाग्यो । विकास बैंक समूहमा ३० अंकको गिरावट आयो । जलविद्युत्, वाणिज्य बैंक र उत्पादनमूलक समूह दोहोरो अंकले झरे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४८ कम्पनीको ९ लाख ३१ हजार कित्ता सेयर ५७ करोड रुपैयाँ बरारबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्