काठमाडौं, माघ १८ । युएई भ्रमणमा रहेको नेपालले शुक्रबार घरेलु टोलीविरुद्ध दोस्रो ट्वेन्टी–२० क्रिकेट खेलिरहेको छ ।
दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा खेल भइरहेको छ ।
टस हारेर नेपालले पहिले फिल्डिङ गरिरहेको छ ।
तीन खेलको शृंखलाको पहिलो खेल हारेको नेपालले आजको दोस्रो खेल जित्नैपर्ने दबाब छ ।
पहिलो खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै शृंखलामा फर्कन चाहन्छ । यो खेल हारेको खन्डमा नेपालले एक खेलअघि नै शृंखला गुमाउनेछ ।
नेपालले अहिलेसम्म टी–२० क्रिकेट शृंखला जित्न सकेको छैन ।
यसअघि, हङकङ र नेदरल्यान्ड्सविरुद्धको शृंखला गुमाएको नेपाललाई यसपटक एकदिवसीय क्रिकेटमाजस्तै टी–२० क्रिकेटमा पनि इतिहास रच्ने अवसर छ ।








प्रतिक्रिया दिनुहोस्