Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


बाढीले सप्तरीका दर्जनौं गाउँ जलमग्न, १ हजार ५ सय घर डुबानमा


0
Shares

खाँडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरीलगायतका खोलामा बाढी आउँदा कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, कृष्णासवरण गाउँपालिकालगायतका दर्जनौं गाउँका १ हजार ५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

बाढीले हजारौं विगाहामा लगाइएको धानबाली समेत बगाएर लगेको छ । खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रसमेत जलमग्न भएको छ ।

यस्तै महुली खोलामा आएको बाढीले पोर्ताहाका करिब तीन सय भन्दा बढी घर डुबानमा पर्ने जोखिम बढेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए ।