कन्चनपुरको सदरमुकाम भीमदत्त नगरपालिका आसपासका ४ ६, ७, १५ र १८ नम्बर वडाका विभिन्न ठाउँ डुबानमा परेका हुन् ।
महेन्द्रनरगको मुख्य बजार, शिक्षण संस्था, अस्पताललगायतका क्षेत्रहरु जलमग्न हुँदा आवत–जावतमा समस्या भएको छ ।
लगातार वर्षा भएपछि टहरा बनाएर शिविरमा बसेकाहरुको जनजीवन प्रभावित भएको छ । गहिरो भागमा रहेका घरहरुमा पानी पसेको छ ।
उत्तरी चुरेबाट आएका खहरेखोला, उचित ढल निकासको अभाव, अव्यवस्थित बसोबसका कारण कन्चनपुरका स्थानीयले वर्षौंदेखि डुबान र बाढीको समस्या झेल्दै आएका छन् ।
महाकाली, दोदालगायतका नदीनालामा पानीको सतह बढ्दै गएको छ ।










प्रतिक्रिया दिनुहोस्