१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


कन्चनपुरको कृष्णपुर नगरपालिकामा एमाले विजयी


0
Shares

बुधबार सम्पन्न मतगणनाअनुसार कृष्णपुरको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

कृष्णपुरको प्रमुखमा एमालेका कर्णबहादुर हमाल र उपप्रमुखमा एमालेकै रमिता राना (बडायक) निर्वाचित भएका छन् ।

प्रमुखमा एमालेका हमालले ६ हजार ७०६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमराज ओझाले ५ हजार ७६० मत पाएका छन् ।

उपप्रमुखमा एमालेकै बडायकले ७ हजार १८ मत र उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी तुलसी जोशीले ५ हजार ९२८ मत ल्याएका छन् ।

कृष्णपुर नगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रले तीन/तीन वडामा जितेका छन् ।

कांग्रेसले १, ४ र ७, एमालेले २, ३ र ९ र माओवादी केन्द्रले ५, ६ र ८ वडा जितेका हुन् ।

कृष्णपुर नगरपालिकाको मतगणना घोषणासँगै कन्चनपुरमा ६ स्थानीय तहको मतपरिमाण सार्वजनिक भएको छ ।

भीमदत्तनगर र बेलौरीमा मतगणना जारी छ ।