यसदिन नेप्से करिब १० अंकले सुधारिएर १५ सय ५१ विन्दुमा पुग्यो । मंगलबार ३ अंकले नेप्से झरेको थियो ।
यसदिन होटल र उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से बढेको हो । अघिल्लो दिनको तुलनामा यसदिन कारोबार पनि केही सुधारियो ।
१ सय ३८ कम्पनीको १० लाख कित्ता सेयर ४८ करोड २९ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्