Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


फेवा र गन्डकी विकास बैंक गाभिए, एकीकृत कारोबार सुरु


0
Shares

दुई विकास बैंक गाभिएर बनेको गन्डकी विकास बैंकले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

एकीकृत कारोबारको पोखरा–लेखनाथ महानगरका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरे ।

यसअघि, विश्व विकास बैंक र फेवा फाइनान्स गाभिएर फेवा विकास बैंक बनेको थियो । दोस्रो मर्जरकाक्रममा फेवा र गन्डकी गाभिएका हुन् ।

बैंकको अध्यक्षमा जगनबहादुुर गुरुङ र प्रमुख कार्यकारी अधिकृतमा रेशबहादुर थापा रहेका छन् ।

मर्जपछि बैंकको चुक्तापुँजी १ अर्ब ८४ करोड रुपैयाँ पुगेको जनाइएको छ ।