मन्त्रालयमा वैदेशिक रोजगारीमा भएका ठगी तथा उद्धारसम्बन्धी सहायताकक्ष स्थापना गरिएको हो ।
कक्षको बुधबार श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले उद्घाटन गरे । सहायताका लागि अनलाइन, फोन, भाइबर वा मन्त्रालयमै पुगेर पनि उजुरी गर्न सकिने मन्त्रालयले जनाएको छ ।
यस्ता उजुरी गर्न र सहायताका लागि वैदेशिक रोजगार विभाग र श्रम तथा रोजगार प्रवद्र्धन बोर्डजस्ता आधिकारिक निकाय नै छन् ।
कार्यान्वयन प्रभावकारितातर्फ नलागी फेरि अर्को सहायताकक्षको सान्दर्भिकताकाबारेमा पत्रकारहरुले मन्त्री मन्सुरसमक्ष प्रश्न गरेका थिए ।
जवाफमा श्रम मन्त्री मन्सुरले मन्त्रालयमा आफैंलाई भेटेर पनि धेरैले गुनासो गर्ने गरेकाले कक्ष स्थापना गरिएको बताए ।
यो कक्ष पीडितलाई जानकारी दिन र अरु निकायबीच समन्वयका लागि रहेको उनले उल्लेख गरे ।
काठमाडौंबाहिर सातै प्रदेशमा श्रम स्वीकृतिको कार्यालय विस्तार, वैदेशिक रोजगारमा कमाएको पैसा वैधानिक बाटोबाट भित्र्याउन पहल, विदेशस्थित कूटनीतिक निकायबाटै श्रम स्वीकृति दिने व्यवस्थालगायत यस क्षेत्रको सुधारका लागि थुप्रै प्रयासहरु गर्न लागेको पनि मन्त्री मन्सुरले दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्