Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


थप ३१५ जना बूढीगन्डकी प्रभावितलाई मुआब्जा दिने निर्णय


0
Shares

                                                                                 फाइल फोटो
मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतकाअनुसार यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको हो ।

प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएर सोही खातामा मुआब्जा रकम पठाउने गरिएको छ ।

प्रजिअ बस्नेतले भने–‘३१५ जना प्रभावितको बैंक खातामा कुल रु ८५ करोड पठाउने समितिले निर्णय भएको छ ।’

अहिलेसम्म बूढीगन्डकी प्रभावितलाई रु दुई अर्ब चार करोड मुआब्जा दिइसकिएको छ ।

अहिले गोरखाको साबिक घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका प्रभावितलाई मुआब्जा दिइएको हो ।

चालु आवमा मुआब्जाका लागि रु पाँच अर्ब बजेट उपलब्ध भएकामा धादिङतर्फ पनि मुआब्जा वितरणको काम भएको छ ।

गोरखाको आरुघाट बजार र धादिङको खहरेबजारको मुआब्जा यकिन नभएकाले त्यहाँका बासिन्दाले छिटो मुआब्जा निर्धारण र वितरण गर्न माग गर्दै आएका छन् ।

बूढीगन्डकी डुबान क्षेत्रमा पर्ने गोरखातर्फका बासिन्दाले अनुदान रकम पाएपनि कस्तो घर बनाउने भन्नेबारे आफूहरु अन्योलमा रहेको पनि बताएका छन् ।

छिट्टै डुबान पर्ने भए टहरामै बस्ने उनीहरुको भनाइ छ । रासस