फाइल फोटो
सिन्धु–ग्याल्थुम सुरुङखन्डमा भूमिगत पानी मिसिएको कमजोर चट्टान भेटिएकाले हाल दैनिक १७ मिटरमात्र काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रामचन्द्र देवकोटाले बताए ।
‘सुरुङमा यस्तो भौगर्भिक स्थिति भेटिँदा कामदारको सुरक्षाको चिन्ता छ, कमजोर चट्टान आएपछि माटो, ढुंगा नआओस् भनी अड्याउन काम गर्नुपर्छ, यसले काममा ढिलाइ भएको हो’–उनले भने ।
हाल सिन्धुबाट ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु र मुहानतिर एवं मुहानबाट ग्याल्थुमतिर गरी चार स्थानबाट सुरुङको काम भइरहेको छ ।
२७.५ किमि सुरुङमध्ये अहिलेसम्म २५ किमिको काम सकिएको तर २.५ किमी सुरुङको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
सरकारले असोजसम्म मेलम्चीको पानी उपत्यकामा ल्याउने लक्ष्य राखेपनि पूरा हुन कठिन छ ।
पुससम्ममा सुरुङको कामसक्ने गरी काम भइरहेको कार्यकारी निर्देशक देवकोटाले बताए । रासस









प्रतिक्रिया दिनुहोस्