Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


साउदी, इजिप्ट र युएइमा कार्यरत ‘नेपाली सुरक्षित’


0
Shares

परराष्ट्रमन्त्री महराले कतारमा देखिएको कूटनीतिक समस्यालाई शान्ति र वार्ताका माध्यमबाटै समाधान हुनुपर्ने बताए । उनले भने, ‘शान्तिपूर्ण तवरले हामीले हाम्रा समस्या समाधान गरौँ, यहाँहरुको समस्यापनि वार्ताका माध्यमबाटै हल गर्नुहोस् ।’ नेपाल कुनैपनि किसिमका आतंकवादका पक्षमा नरहेको स्पष्ट पार्दै उपप्रधानमन्त्री महराले खाडी मुलुकमा देखिएका समस्याका कारण त्यहाँका कुनैपनि मित्र राष्ट्रसँग नेपालको सम्बन्धमा समस्या हुँदैन भने ।

सो अवसरमा साउदी अरबका राजदूत अब्दुलनासेर हुस्सेन अल–हार्थी, इजिप्टका राजदूत बहेर नबिल अब्देलफताह हेल्मी र संयुक्त अरब इमिरेट्सका कावा राजदूत हइथम अलले संयुक्तरुपमा कतारसँग गरिएको सम्बन्धबिच्छेदको जानकारी गराए ।

इजिप्टका राजदूत हेल्मीले कतारसँग सम्बन्धबिच्छेद गर्नुपरेका कारणबारे जानकारी गराउँदै भने, ‘कतारले मुस्लिम ब्रदरहुडलाई वित्तीय सहयोग गरेर आतंकवादलाई संरक्षण गरेको छ । अलजजिरा नेटवर्क जनताका विरुद्धमा छ ।’

साउदीका राजदूत हल–हार्थीले साउदी, इजिप्ट र युएइमा कार्यरत नेपाली पूर्णरुपमा सुरक्षित रहेको र तिनको दैनिकीमा कुनै समस्या नआउने बताए ।

यसैबीच, परराष्ट्रमन्त्री महराले बिहीबार (आजै) नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकसँग भएको शिष्टाचार भेटमा दक्षिण कोरिया दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को पर्यवेक्षक राष्ट्र भएका कारणले दुई देशबीचको घनिष्ठता अझै बलियो भएको र आर्थिक एवम् जनस्तरमा पनि महत्वपूर्ण सहयोग पुगेको बताए ।

सो अवसरमा राजदूत पार्कले कोरियामा गएर नेपालीले पैसा कमाउनुका साथै कोरियाको विकास निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याएको बताए । उनले प्रत्येक वर्ष ३० देखि ३५ हजार कोरियाली नेपाल आउने गरेको जानकारी दिँदै पर्यटन प्रवद्र्धनमा आपसी सहयोग आदानप्रदान गर्न सकिने धारणा राखे । रासस