पाखुरीमा बल भएका युवा जति रोजगारीका लागि विदेश हानिएपछि खेतबारी बाँझो रहन थालेको हो । मकै, कोदो, जौ र उवा खेती हुने १० देखि १५ प्रतिशत जमिन बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।
मकै हुने ११ हजार १ सय १५ हेक्टर जमिनमध्ये ९ हजार ८ सय ७२ हेक्टरमा मात्र खेती हुने गरेको छ । तीन हजार ४८ हेक्टर कोदो हुने जमिनमा दुई हजार सात सय ४० हेक्टरमा मात्र बाली लगाइएको छ । जौ हुने तीन सय ६० हेक्टर जमिनमा ३ सय ४ हेक्टरमा र उवा खेती हुने दुई सय ३० हेक्टर मध्ये १ सय ९० हेक्टरमा मात्र खेती भएको छ ।
केही स्थानमा भने अन्नबालीको विकल्पमा तरकारी र फलफूल खेती गर्न थालिएपनि अधिकांश बाँझो जमिन उपयोगविहीन बनेको बागवानी कार्यालयले जनाएको छ ।
गाउँघरमा जमिन बाँझो बस्दा खाद्यान्नमा भने परनिर्भरता बढ्दै गएको छ । जमिन बाँझो हुन नदिन अन्नबालीको विकल्पमा कृषकलाई सुन्तला, आलुलगायतका खेती गर्न उत्प्रेरित गर्न थालिएको कृषि विकास कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्