जिल्ला वन कार्यालय धनुषा, गोरख बकस गण महेन्द्रनगर धनुषा र सेभ हिस्टोरिकल जनकपुरको संयुक्त सहयोगमा महावृक्षरोपण अभियान सुरु गरिएको हो ।
चुरे क्षेत्रको जंगल संरक्षण गर्ने उद्देश्यले थालिएको अभियानअन्तर्गत् तीनपिप्लेगाउँको माथिल्लो डाँडाको तल्लो भागलाई अतिक्रमणमुक्त गरी वृक्षारोपण गरिएको छ ।
नेपाली सेना र स्थानीयवासीको सहयोगमा वृक्षारोपण गरिएको हो ।
असार २१ गतेदेखि २७ गतेसम्म चुरे जंगलको १० बिगाह क्षेत्रमा १५ हजार बिरुवा वृक्षारोपण गर्ने लक्ष्य लिइएको जिल्ला वन कार्यालय धनुषाका सहायक वन अधिकृत सुरेश शर्माले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्