काठमाडौं, माघ १७ । युएईविरुद्धको पहिलो ट्वेन्टी–२० क्रिकेट विजयका लागि नेपालले १५४ रनको चुनौती पाएको छ ।
दुबईस्थित आइसीसी एकेडेमीको मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली युएईले पहिले ब्याटिङ गर्दै निर्धारित् २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।
साइमन अनवरले ५९ रन बनाएको इनिङ्समा सन्दीप लामिछाने र वसन्त रेग्मीले समान २/२ विकेट लिए । यस्तै, सोमपाल कामी र अभिनाश बोहराले समान १/१ विकेट झारे ।
यो खेलमार्फत् नेपालका लागि सन्दीप जोरा, अभिनाश बोहरा र रोहितकुमार पौडेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका छन् ।
यसअघि, राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेले पनि टी–२० मा भने उनीहरुको यो पहिलो खेल हो ।
यसअघि, तीन खेलको एकदिवसीय शृंखला जितेर हौसिएको नेपाल टी–२० शृंखला पनि जित्ने लक्ष्यमा रहेको छ ।








प्रतिक्रिया दिनुहोस्