Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


शेयर बजारमा वृद्धि, बिमा समूह सबैभन्दा उच्च


0
Shares

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४० अंकले बढेर अन्तिम दिन १५ सय ८२ अंकमा पुग्यो ।

यस साता उत्पादनमूलक बाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आयो ।

बिमा समूह सबैभन्दा उच्च ३ सय २९ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि ३८ अंकको सुधार आयो ।

यस साता १ सय ६२ कम्पनीको २ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरका ७० लाख ३० कित्ता सेयर खरिद बिक्री भए ।

गत साता १ सय ६० कम्पनीको १ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ बराबरका ३४ लाख कित्ता सेयर खरिद बिक्री भएका थिए ।

कारोबार रकम गत साताको भन्दा ४२ प्रतिशतले बढी हो ।