कर प्रणालीका कारण भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामग्री बोकेका २६ ओटा ट्रक भिठ्ठामोड नाकामा रोकेको छ ।
भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र तीन लाख लिटर डिजेल बोकेर आएका १८ ओटा ट्यांकरसमेत आइतबारदेखि भन्सारमा रोकेको छ ।
भारतले जुन ३० तारिखदेखि लागू गरेको नयाँ कर प्रणालीका कारण गत शनिबारदेखि सीमानाकामा नेपाल आयात गर्न लागिएको विभिन्न सामान थन्किएको छ ।
यसरी सामान नेपाल आयात गर्न नपाउँदा कर असुली प्रभावित भएको जलेश्वर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केशव भण्डारीले जानकारी दिए ।
नयाँ करप्रणालीबारे स्पस्ट हुन नसकेको र यसबारे अन्यौलता रहेका कारण नेपालतर्फ लैजान तयारी अवस्थामा राखिएका मालबाहक ट्रक नाकामै रोकेको भिठ्ठामोडस्थित भारतीय भन्सारमा कार्यरत् प्रहरी निरीक्षक जितेन्द्रप्रसाद सिंहले बताए । रासस









प्रतिक्रिया दिनुहोस्