१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


विराटनगर महानगरमा काँग्रेस विजयी, संघीयले तेस्रो स्थानमा चित्त बुझायो


0
Shares

शनिबार राति सकिएको मत गणनामा मेयरका कांग्रेस उम्मेदवार पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी भएका हुन् ।

उपमेयरमा पनि कांग्रेसकी इन्दिरा कार्की २०१८६ मत ल्याएर विजयी भएकी छन् । मेयरमा विजयी बनेपछि पराजुलीले विराटनगरलाई भ्रष्टाचारमुक्त शहर बनाउने बताएका छन् ।

मेयरका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत पाएका छन् ।

संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेश यादव तेस्रो स्थानमा आएका छन् ।

उपमेयरमा निकटतम् प्रतिद्वन्द्वी रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११ हजार ५ सय ४४ मत प्राप्त गरेकी छन भने नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरी तेस्रो स्थान हात पारेकी छिन् ।

चौधरीलाई एमालेले सघाएको थियो । महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरिबाबु महर्जन विजयी विजयी भएका थिए ।