Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


स्वामी डा. रामानन्द गिरीको निधन, पार्थिव शरीर देवघाट लगियो


0
Shares

केही समयदेखि निमोनियाबाट पीडित स्वामी गिरी ग्रान्डी अस्पतालमा उपचारत थिए  ।

२००३ सालमा धादिङको केबलपुरमा जन्मिएका स्वामी गिरीले ०४१ सालमा जनक दर्शनमा पीएचडी गरेका थिए ।

२०४७ सालमा १००८ स्वामी महामण्डलेश्वर महेषानन्द गिरी जी महाराजबाट सन्यास लिएका थिए ।

उनले २०५० सालमा एकल प्रयासबाट देवघाटमा महेश संस्कृत गुरुकुल बिद्यापीठ स्थापमा गरेका थिए ।

आफ्नो जीवन नै र संस्कृतिका लागि समर्पण गरेका गिरीले देवघाटमा कक्षा ६ देखि आर्चाय तहसम्म अध्ययन–अध्यापन हुने गुरुकुल स्थापना गरेका थिए ।

देवघाटका अतिरिक्त पोखरा, काठमाडौं, काभ्रेको वनेपालगायतका स्थानमा गिरीका गुरुकुल सञ्चालनमा छन् । उनका २० वटाभन्दा बढी आध्यामिक पुस्तक प्रकाशित छन् ।

उनको आज देवघाटमा जलसमाधि गर्ने कार्यक्रम छ । उनकै इच्छाअनुसार जलसमाधि गर्न लागिएको हो । शनिबार राती नै उनको पार्थिव शरीर देवघाट लगिएको छ ।