आइतबारको संसद बैठकमा सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा, कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत विनियोजित कार्यक्रम र रकमबारे उठाइएको प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका हुन् ।
गृहमन्त्री जनार्दन शर्माले सीमा क्षेत्रलाई व्यवस्थित गर्न लागिएको, उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाका मेयरको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।
यस्तै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षमा पूँजीगत खर्च बढाउन लाग्ने बताए । आगामी वर्षका लागि ल्याएको बजेटमा नीतिगत सुधार ल्याएको भन्दै उनले पूँजीगत खर्च बढ्ने विश्वास व्यक्त गरे ।
श्रम मन्त्री फरमुल्लाह मन्सुरले वैदेशिक रोजगारलाई व्यवस्थित र श्रमिकलाई ठगीबाट जोगाउन सरकार–सरकारबीच सम्झौता गरी वैदेशिक रोजगारलाई व्यवस्थित गर्न लागिएको बताए ।
संसदको आइतबारको बैठकमा कर्मचारी समायोजन विधेयक–२०७३ पेश भएको छ ।










प्रतिक्रिया दिनुहोस्