Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सातवटै प्रदेशमा सूचना आयोग गठन गर्न जोड


0
Shares

सूचना प्राप्त गर्ने नागरिकको अधिकार रक्षाका लागि सबै प्रदेशमा सूचना आयोग गठन गर्नुपर्ने उनको भनाइ छ । आइतबार राजधानीमा भएको अन्तरक्रियामा प्रमूख सूचना आयुक्त बास्कोटाले प्रादेशिक तहमा आयोग गठन गर्दा सरोकारका कुनै पनि विषयमा जनताले सूचना प्राप्त गर्ने वातावरण बन्ने बताए ।

राज्य संयन्त्रहरुले सूचना दिन कञ्जुस्याँई गर्ने गरेको भन्दै उनले प्रदेशमा आयोग गठन गरिए जनताले सूचना माग्ने वातावरण बन्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पनि आमसञ्चार नीति कार्यान्वयन गर्नका लागि कानून बन्न आवश्यक रहेको बताए ।