काँडा गाउँपालिका–२ स्थित घाँटखोला तर्ने क्रममा काठेपुल भाँचिदा तीनैजना बेपत्ता भएका हुन् ।
काँडा गाउँपालिका–२ धलौनका १५ वर्षीय लोकेन्द्र बोहरा, १४ वर्षीय धिरेन्द्र बोहरा र १६ वर्षीय उज्जल बोेहरा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
खोलामा झोलुंगे पुल नहुँदा यहाँका स्थानीय बासिन्दा बर्सेनि अकालमै ज्यान गुमाउन बाध्य छन् ।
बेपत्ता तीनैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्