Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


हर्पन खोलामा बगेर दुईजना बेपत्ता


0
Shares

माछा मार्न गएका उनीहरु बल्छी खेल्नेक्रममा खोलामा बगेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा पोखरा–लेखनाथ महानगरपालिका–३ नदीपुरका ललित पुन र ईन्द्र पुन छन् । उनीहरुसँगै माछा मार्न गएका अरु पाँचजना युवा भने सकुशल फर्केका छन् ।

बेपत्ताहरुको खोजी भइरहेको प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।