Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कतारमा एक खोटाङे सुतेकै ठाउँमा मृत फेला


0
Shares

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका सर्वधन सुनुवारको मृत्यु भएको हो ।

सामान्य ज्वरोको बिरामी बनेका सुनुवारको सुतेकै ठाउँमा मृत्यु भएको जानकारी आएको बाकाचोलका वडाध्यक्ष सन्तवीर तामाङले बताए ।

शनिबार बिहान ज्वरोको औषधि सेवन गरेर काममा गएपछि दिउँसो फर्किएर कोठामा सुतेका सुनुवार पुनः साँझमा काममा जानेक्रममा ओछ्यानमा मृत भेटिएको सँगै रहेका साथीहरुको भनाइ छ ।

काममा हिँड्नेबेलासम्म पनि नआएपछि बोलाउन जाँदा उनी मृत फेलापरेका थिए । उनको शव हमाद अस्पतालमा राखिएको जनाइएको छ ।

१२ वर्षदेखि कतारमा काम गर्दै आएका सुनुवार बेला–बेलामा घर आउने/जाने गरेका थिए । उनी पछिल्लोपल्ट असार तेस्रो साता घर आएर कतार फर्किएको वडाध्यक्ष तामाङले जनाए ।

कतारको श्रम कानुन परिवर्तनपछि उनले पाँच महिनाअघि कम्पनी परिवर्तन गरेर नयाँ कम्पनीमा काम गर्न थालेका थिए । उनको शव घरमा ल्याउने तयारी भइरहेको छ ।