Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सोमबार सेयर बजार ओरालो


0
Shares

आइतबार घोषणा भएको मौद्रिकनीतिले सेयर धितोकर्जाको अन्योल बढाएकाले बजार घटेको विश्लेषण गरिएको छ ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ९ अंक बरारबले ओरालो लागेर १५ सय ७५ कायम भएर थामियो । उत्पादनमूलकबाहेक अरु सबै समूह ओरालो लागे ।

बिमा समूह सबैभन्दा उच्च ६० अंक बराबरले झर्‍यो । जलविद्युत्, होटल र विकास बैंक समूह पनि दोहोरो अंकले ओर्लिए । अरु समूह सामान्य अंकले ऋणात्मक रहे । उत्पादनमूलक समूह भने ५५ अंकले उकालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५० कम्पनीको २८ लाख ६५ हजार कित्ता सेयर ७० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।