Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


बजेट र मौद्रिक नीतिबीच तारतम्य नमिलेको अर्थविद्हरुको टिप्पणी


0
Shares

मौद्रिक नीति बजेट कार्यावन्यनको मुख्य औजार हो । वित्तीय स्थायित्व कायम गरी बजेटमा परिलक्षित उद्देश्यहरु हासिल गर्न केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा गर्दछ ।

आइतबार राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति कर्जायोग्य लगानी अभावलगायतका मुख्य समस्या हटाउन केन्द्रित हुन नसकेको विज्ञहरुको भनाइ हो ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले मौद्रिक नीतिले कर्जासंकट समाधान र निर्यात प्रवद्र्धनलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरे ।

कर्जासंकटले ब्याजदर बढ्दा उत्पादन लागतमा पर्ने असरले निर्यात झनै प्रभावित हुने देखिन्छ ।

कतारलगायत खाडी मुलुकका कामदार फर्कने स्थिति आएमा शोधनान्तर स्थितिमा पर्नसक्ने असरप्रति पनि मौद्रिक नीतिमा कुनै भैपरि व्यवस्था हुन नसकेकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।

सोमबार हामीसित कुरा गर्दै अर्का अर्थशास्त्री डा.शुरवीर पौड्यालले पनि बजेट र मौद्रिक नीतिमा खासै तालमेल नदेखिएको टिप्पणी गरे ।

निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनका विषय सम्बोधन नभएको उनले उल्लेख गरे ।

बजेटले लिएको ७ प्रतिशतमाथिको आर्थिकवृद्धि र ७ प्रतिशतमा सीमित गर्ने मूल्यवृद्धिका चुनौतीपूर्ण लक्ष्य प्राप्त गर्नु थप जटिल हुने देखिएको उनको विश्लेषण छ ।

मौद्रिक नीतिले स्थानीय तहको बजेटलाई सम्बोधन नगरेको पनि उनले उल्लेख गरे ।

निजी गाडी किन्न कर्जा सीमा बढाएकोप्रति पनि अर्थविद्हरुले असन्तुष्टि व्यक्त गरेका छन् ।