लगानी बोर्डले काठमाडौंको फोहोर व्यवस्थापनबारे तयार गरेको परियोजनामा सहयोग गर्न तयार रहेको उनीहरुले बताएका हुन् ।
परियोजना सकारात्मक रहेकाले कार्यान्वयन पनि उत्तिकै दृढतापूर्वक गर्नुपर्ने जनप्रतिनिधिहरुको भनाइ थियो ।
मंगलबार ललितपुरमा लगानी बोर्डले गरेको काठमाडौं एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना कार्यक्रममा महानगर तथा नगरपालिकाका जनप्रतिनिधि र कार्यकारी अधिकृतहरुले मिलेरै फोहोर व्यवस्थापन गरिने वचन दिए ।
फोहोर व्यवस्थापन समग्र राष्ट्र र विकासकै समस्या भएकाले परियोजना कार्यान्वयन गर्नैपर्ने सुझाव उनीहरुले दिएका थिए ।
लगानी बोर्डले काठमाडौंको अव्यवस्थित फोहोरलाई प्रविधिको प्रयोग गरी व्यवस्थापन गर्ने खाका अघि सारेको छ ।
जसअनुसार नुवाकोट र धादिङको सिमानास्थित बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाउने, टेकुमा ट्रन्सफर स्टेसनको विकास गर्नेलगायतका विषय रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्