Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


नेप्से र कारोबार रकम दुबै बढ्यो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ९ अंकले उकालो लागेर १५ सय ८५ पुग्यो । कारोबार भएका सबै समूह हरियो रहे ।

बिमा समूहमा सबैभन्दा उच्च ६० अंकको वृद्धि आयो । होटल समूह पनि ३५ अंकले उकालो लाग्यो । विकास बैंक समूह पनि दोहोरो अंकले सुधारियो भने अरु समूह सामान्य अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४९ कम्पनीको १९ लाख ३० हजार कित्ता सेयर १ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।