Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


अछाममा जिप दुर्घटना, पाँचजना घाइते


0
Shares

                                                                           फाइल फोटो

धनगढीबाट मंगलसेन आउँदै गरेको से१ज ३६८ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मंगलसेन नगरपालिका–५ का २४ वर्षीय प्रेम भाट, मंगलसेन–४ का ४० वर्षीय मथुरा रावल, मंगलसेन–६ ठूलासैनका लक्ष्मण भण्डारी, रामारोशन गाउँपालिका–६ भाटाकाटियाका ३४ वर्षीय लालसिंह परियार र जयगढ गाउँपालिका–५ का ४५ वर्षीय कृष्ण कडायत घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते पाँचैजनाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ । जिप सडकबाट करिब १६ मिटर तल खसेको थियो ।