Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


अकबरे खुर्सानीको व्यावसायिक खेती बढ्दो


0
Shares

परम्परागत मसला बालीका भनेर चिनिएको खुर्सानी खेतीबाटै मनग्ये आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बालीभन्दा बढी अकबरेको खेती गर्न थालेका हुन् । छोटो समयमा कम मेहनेत र सजिलो तरिकाबाटै आम्दानी गर्न सकिने भएपछि किसानको ध्यान अकबरे खेतीतर्फ केन्द्रीत भएको हो ।

तेह्रथुमका ओयाक्जुङ, श्रीजुङ, मोराहाङ, पौठाक, छातेढुंगा, सुदाप, ओख्रे, हमरजुङ, फाक्चामारा, बसन्तपुर, सोल्मा, सुङनामलगायत गाउँमा अकबरेको व्यावसायिक खेती भइरहेको छ ।

किसानलाई जिल्ला कृषि विकास कार्यालय र विभिन्न दातृ निकायले व्यावसायिक खेतीसम्बन्धी तालिम र सहयोग पु¥याएका छन् । तेह्रथुमबाट वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको अकबरे खुर्सानी उत्पादन भइरहेको कृषि कार्यालयले जनाएको छ ।